• काठमाडौँ, २८ कात्तिक-काठमाडौँ महानगरपालिका–१५ सानोभर्याङ नजिक मगंलबार राति सडक दुर्घटना परी गोरखा सिरनचोक गाउँपालिका–७ का ७० वर्षीया मोतीसरा भुजेलको मृत्यु भएको छ।

    बा१०प ५१९१ नं को कार र बा२ज ३१५ नंको ट्याक्सी एकापसमा ठोक्किँदा ट्याक्सीमा सवार भुजेल गम्भीर घाइते भएको हो ।

    उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी प्रभाग स्वयम्भूले जनाएको छ। ट्याक्सीमा सवार अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।