-
मङ्गलबारे, २७ कात्तिक-पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु चार\चार करोड विनियोजन गरेका छन्। नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा खनाल र नेम्वाङले बजेटसहितका ३७ योजना छनोट गरेका हुन्।
इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित खनालले सूर्योदय नगरपालिकामा पूर्वाधार निर्माणका लागि रु एक करोड ४० लाख, माई नगरपालिकाको सात वडाका लागि रु ७० लाख, रोङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा रु ६० लाखका दरले रकम छुट्याएका छन्। इलाम नगरपालिकामा रु १० लाख विनियोजन गरेका छन्। उनले २० योजना छनोट गरेका हुन्।
यसैगरी क्षेत्र नं २ का सांसद नेम्वाङले इलाम नगरपालिकाको लागि रु ९० लाख, देउमाई नगरपालिकाका लागि रु ८३ लाख, माई नगरपालिकामा रु ३२ लाख र फाकफोकथुम, चुलाचुली माङसेबुङ गाउँपालिकामा भने रु ६५ लाखका दरले रकम विनियोजन गरेका छन्।
नेम्वाङले १७ योजना छनोट गर्नुभएको छ । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यविधिले रु ५० लाखभन्दा बढीको दुई योजना अनिवार्य छनोट गर्नुपर्ने व्यवस्थाअनुरूप नै उनीहरुले योजना छनोट गरेको नेकपाका जिल्ला अध्यक्ष भक्त केसीले जानकारी दिए।सो अनुरूप खनालले माई नगरपालिकाको लखनथापा चोकदेखि नगरपालिकासम्मको बाटो कालोपत्रे गर्नका लागि रु ७० लाख र सूर्योदय नगरपालिकाको विद्युतीकरणको लागि रु ५० लाख छुट्याएका छन्।
नेम्वाङले पुवाखोलाको इन्टेकदेखि साङरूम्बा हुँदै गाग्रेभञ्याङ जोड्ने सडकको लागि रु ८० लाख र माङसेबुङ गाउँपालिकाको विद्युतीकरणको लागि रु ५० लाख छुट्याएका हुन्। सङ्घीय सांसदले रु चार करोड बराबरको योजना कात्तिक ३० गतेभित्र छनोट प्रावधानअनुरूप उनीहरुले बजेट तथा योजना छनोट गरेका हुन्।
News Desk 0 response मङ्लबार, कार्तिक २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
