-
काठमाडौं,२७ कार्तिक– सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकका लागि एशिया क्षेत्रीय छनोट अन्तर्गत नेपाली महिला फुटबल टोलीले आज बगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह सी मा रहेको नेपालले एसिया छनौटको दोस्रो चरणमा स्थान बनाउन आजको खेल गर या मरको अवस्थामा छ । आज थुवुना रंगशालामा नेपाली समय अनुसार सबा दुई बजेदेखि सुरु हुनेछ ।
नेपाललाई आज जित्नैपर्ने दबाव छ । समूहमा यसअघिका दुई खेलमा नेपालको दुई अंक छ । नेपालले आयोजक म्यानमारसँग र बलियो टोली भारतसँग समान एक एक गोलको बराबरी खेलेको थियो ।
जारी प्रतियोगितामा नेपालको प्रर्दशन निकै सुधारिएको हुँदा मगलबारको खेलमा जितको लक्ष्यका साथ मैदानमा उत्रने प्रशिक्षक हरि खड्काको विश्वास छ ।
समूहको विजेता र उपविजेतासँगै पहिलो चरणका चारमध्ये उत्कृष्ट तेस्रो हुने दुई टोली दोस्रो चरणका लागि छानिनेछन् । त्यसैगरी आयोजक म्यानमारले भारतसँग पनि मगलबार नै प्रतिस्पर्धा गर्नेछ ।
News Desk 0 response मङ्लबार, कार्तिक २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
