-
पाेखरा,२० कार्तिक –पोखरा रंगशालामा हुने आज हुने फाइनलमा पोखरा पल्टन र चितवन राइनोज आमनेसामने हुँदैछन् । फाइनलको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा चितवनका कप्तान पारस खड्काले अघिल्ला चार खेलको प्रदर्शनलाई कायमै राखेर उपाधि जित्ने चाहना व्यक्त गरेका थिए ।
सुरुआती दुई खेलमा पराजित भए पनि बाँकी चार खेल जितेर चितवन फाइनलमा पुगेको थियो । पोखराको सराङकोटमा दुई टिमका कप्तान र ट्रफीसमेत सार्वजनिक गरी पत्रकार सम्मेलन गरिएको थियो ।
सबै टोलीले फाइनलमा पुग्न र जित्ने तयारी गरेको भन्दै कप्तान पारसले पोखरा बिरुद्धको खेल प्रतिस्पर्धात्मक हुने बताए । प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको पोखरा पल्टनका कप्तान शरद भेषावकरले भने फाइनलको दबावमा भन्दा आफूले राम्रो प्रदर्शनको प्रयास गर्ने बताए ।
अहिलेसम्म टिमको तालमेल राम्रो भएकैले राम्रो नतिजा आएको भन्दै फाइनलमा पनि त्यसलाई कायम राख्ने शरदको भनाई थियो ।
प्रतियोगिताको विजेताले २७ लाख पाउनेछ । जुन घरेलु क्रिकेटमा सर्बाधिक पुरस्कार राशी हो ।
उपविजेता टोलीले १० लाख पाउनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरले मोटरसाइकल पुरस्कार पाउनेछन् । खेल अाज बिहान ११ बजेदेखि सुरु हुनेछ ।
News Desk 0 response मङ्लबार, कार्तिक २०, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
