• काठमाडौं, १९ कार्तिक- राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवार प्रति समवेदना प्रकट गरेको छ।

    राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको महत्वपूर्ण योगदान राष्ट्ले सदा स्मरण गरिरहने उल्लेख गरे।मानवअधिकारवादी अभियन्ता तुलाधरको आइतवार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो ।