-
लन्डन, १८ कात्तिक-संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन्।
विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ।
इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो फाबियानीले अर्को साता सबैका आँखा इरानी तेल निर्यातमा अडिएको बताए। उनले अमेरिकी नाकाबन्दीका बाबजूद इरानी तेल कालोबजारी हुने खतरा रहेको समेत बताए।
इरानको आयस्रोतको मुख्य हिस्सा खनिज तेलले ओगटेको छ। सोमबारदेखि इरानी तेल आयातकर्ता विरुद्ध अमेरिकाले कडा निगरानी राख्ने बताइसकेको छ।
इरानमाथि कच्चा तेल निकासीमा अमेरिकाले लगाएको प्रतिबन्धले इरानको आम्दानीमा ठूलो असर पर्नेछ भने विश्वमै तेलको आपूर्तिमा कठिनाइ आउने छ। ओपेकसँग आबद्ध राष्ट्रहरुमा अहिले इरान विश्वमै तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो।
संयुक्तराज्य अमेरिकाले इरान विरुद्ध नाकाबन्दी लगाउने घोषणा गर्नुअघि गत अप्रिलमा इरानले प्रति दिन २५ लाख ब्यारेल तेल निकासी गरिरहेको थियो। “संयुक्तराज्य अमेरिकाले केही छुट दिए पनि इरानबाट आयात गरिने तेलमा निकै कमी आउने छ,” युबिएस विश्लेषक जिओभानी स्टाउनोभोले बताए। उनले तेलको मूल्य बढ्ने चेतावनी समेत दिए।
तर, एक महिनाभित्रकै अवधिमा तेलको मूल्यमा झण्डै १५ अमेरिकी डलरले कमी आएको छ। गत अक्टोबरमा कच्चा तेलको मूल्यमा वृद्धि भएर दुई वर्ष यताकै उच्चविन्दु अर्थात् प्रति ब्यारेल ८५ डलरसम्म पुगेको थियो।
संयुक्तराज्य अमेरिकाले इरानी कच्चा तेल निकासी शून्य बनाउने यसअघि घोषणा गरेपनि पछिल्लो समयमा त्यसमा केही नरम नीति लिएको देखिएको छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शुक्रबार आठवटा मुलुकलाई इरानी तेल किन्न पाउने छुट रहेको घोषणा गरेको थियो। तर, उनले ती देशहरुको नाम सार्वजनिक गरेको छैन।
टर्कीले आफूले इरानी तेल खरिद गर्ने र त्यसमा अमेरिका सहमत रहेको सङ्केत दिइसकेको छ। विश्लेषकहरुले भारतले समेत त्यस्तो छुट पाएको बताएका छन्। विश्वमै भारत तेल आयात गर्ने ठूला देशमध्ये एक हो ।
“हाल मुद्रा सङ्कट झेलिरहेको भारतले मार्च अघि इरानी तेल खरिद रोक्न नसक्ने अमेरिकालाई जानकारी दिइसकेको छ,” नेटिक्सीसका विज्ञ जोल हान्ककले बताए।
तेल उत्पादक अरु कतिपय राष्ट्रले उत्पादन बढाउने र इरानी निकासी बन्द हुँदाको शोधभर्ना गर्ने अपेक्षा गरिएको छ। विश्वकै सबैभन्दा ठूलो तेल निकासीकर्ता साउदी अरेबियाले इरानले निकासी गरे बराबरको तेल आफूले उत्पादन गर्ने बताएको छ, तर विश्वका तेल व्यवस्थापकहरु साउदी अरेबियामाथि मात्र निर्भर हुन सकिरहेका छैनन्।
“साउदी अरेबियाले प्रति दिन एक करोड २० लाख ब्यारेल तेल उत्पादन गर्न सक्दछ, तर यसको लागि ठूलो लगानी गर्नु पर्नेछ,” हान्ककले बताए। अहिले प्रति दिन साउदी अरेबियाले एक करोड १० लाख ब्यारेल तेल उत्पादन गरिआएको छ।
उनको विचारमा साउदी अरेबियासँग अहिले तीन लाख ब्यारेल मात्र अतिरिक्त उत्पादन गर्ने क्षमता छ। हान्ककले भने, “इराकी तेल उत्पादन बढाएर ४२ लाख ब्यारेल बनाउन सकिन्छ, तर विगतमा त्यति उत्पादन भएको कहिल्यै देखिएको छैन।”
विश्वमै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र हुन लागेको संयुक्तराज्य अमेरिकाले मागको केही हिस्सा पूरा गर्न सक्नेछ, तर निकासी गर्न अपुग हुने विज्ञहरुले बताएका छन्।
News Desk 0 response आइतवार, कार्तिक १८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
