-
पर्सा, १८ कात्तिक-चालू आर्थिक वर्ष २०७५-७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ।
चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा ४३ अर्ब १९ करोड १७ लाख राजश्व सङ्कलन गर्न सफल भएको छ। सङ्कलित राजश्व लक्ष्यभन्दा १३ प्रतिशत बढी रहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिए।
सङ्कलित राजश्व गत आवकोे साउनदेखि असोजसम्मको तुलनामा ४२ प्रतिशतभन्दा बढी हो। आव २०७४-७५ को साउनदेखि असोजसम्ममा ३० अर्ब ५६ करोड ३३ लाख राजश्व सङ्कलन भएको थियो।
देशको प्रमुख भन्सार नाका भएर आयात निर्यातमा वृद्धि भएसँगै राजश्व सङ्कलनमा सुधार आएको खत्रीको भनाइ छ। चालू आवकोे असोजमा मात्र लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ। कार्यालयले असोजका लागि १२ अर्ब एक करोड २४ लाख लक्ष्य पाएकामा १६ अर्ब ५४ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ।
News Desk 0 response आइतवार, कार्तिक १८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
