-
भक्तपुर, १७ कात्तिक- भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३६ औँ हप्तामा आठ टन फोहर सङ्कलन भएको छ ।
सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानको क्रममा आज अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतको प्रमुख आतिथ्यतामा बिहान ९ बजेसम्म मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाको बालकोट जोड्ने फलामे पुल क्षेत्र र खोलामा सरसफाइ गरिएको थियो ।
सफाइमा प्रतिनिधिसभा सांसद महेश बस्नेत, प्रदेशसभा सांसद शशीजंग थापा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीलगायत जिल्लाका विभिन्न सङ्घसंस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सहभागिता रहेको थियो ।
२०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आज ३७५ जनाको सहभागिता रहेको जानकारी दिँदै हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले अहिलेसम्म ३१० टन फोहर सङ्कलन भएको बताए।
अभियानका क्रममा सांसद बस्नेत, समितिका अध्यक्ष बस्नेत, प्रदेशसभा सांसद शशीजङ्ग थापालगायतले निरन्तर सफाइ अभियानले हनुमन्ते नदीमा सुधार आएको बताउँदै फोहर मुक्त हनुमन्ते नदी बनाउन सबै लाग्नुपर्ने बताए।
News Desk 0 response शनिबार, कार्तिक १७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
