• कैलाली-कैलालीको लम्कीचुहा नगरपालिका–१, बल्चौरमा से १ ख ११८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

    दुर्घटनामा परी मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१, बस्ने १२ वर्षीय कृष्ण वादी र धनगढी उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय परचुङ तामाङ्ग रहेको प्रहरीले जनाएको छ ।

    घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा ज्ञानु जोशी, विक्रम बोहरा, अमन तामाङ्ग, किरण बोहरा, शिव खड्का र रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।