-
काठमाडौं- भारतको आगरामा हुने ४६औं एशियन स्कुल फुटबल यु–१८ च्याम्पियनसीपको खेल तालिका आज सार्वजनिक भएको छ ।
आगामी असोज ४ देखि १४ गतेससम्म हुने उक्त प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ नेपाल रहेको समूहमा इण्डोनेसिया, चीन र थाइल्याण्ड तथा समूह ‘बी’ मा दक्षिण कोरिया, मलेसिया, श्रीलङ्का र भारत रहेका छन् ।
नेपालले पहिलो खेल थाइल्याण्डसँग असोज ६ गते खेल्नेछ भने दोस्रो खेल असोज ८ गते इण्डोनेसियासँग तथा ९ गते चीनसँग खेल्नेछ। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
उक्त प्रतियोगिताका लागि यसअघि नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली टोलीको घोषणा गरिसकेको छ । नेपाली टोलीको प्रशिक्षकमा चेतनारायण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा चक्र तामाङ रहेका छन् ।
नेपाली टोलीमा विष्णुकुमार केसी, विशाल सुनार, सूर्य अधिकारी, विकास खवास, नवीन गुरुङ, राजेश गुरुङ, असिम गुरुङ, रणदिप पौड्याल, सञ्चित राई, नितिन थापा, मनिस थापा, जय गुरुङ, सुरज ठकुरी, अनिल महर्जन, दिनेश हेञ्जन (कप्तान), बुद्ध बल तामाङ, रितिक खड्का, अनुरु गुरुङ र टीका गुरुङ रहेका छन् । वैकल्पिक खेलाडीमा आकाश रानाभाट, पवन शाही, विवेक राई र दर्शन गुरुङ रहेका छन् ।
News Desk 0 response शुक्रबार, भदौ २९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
