-
काठमाडौँ-उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गरेका छन्। हरितालिका तीजको अवसरमा उपराष्ट्रपति पुनले शुभकामना सन्देश दिनुहुँदै तीज सिर्जनशील र उल्लासमय बनोस् भन्ने उल्लेख गरेका छन्। नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको योगदान अत्यन्त ठूलो रहेको स्पष्ट पार्दै उनले विभिन्न कालखण्डका क्रान्ति तथा सङ्घर्षमा पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै यस अवसरमा आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरे।
उपराष्ट्रपतिले भनेका छन्, “पछिल्ला दिनमा बढेका बलात्कारजस्तो जघन्य अपराधलगायतका महिला हिंसाका घटना ज्यादै गम्भीर र चिन्ताको विषय हो । बलात्कारलगायत महिला हिंसाका घटनाका दोषीलाई कानूनी दायरामा ल्याई यस्ता घटनाको न्यूनीकरण गर्नुपर्दछ ।
यस वर्षको तीज पर्वले महिला हिंसालगायत सबैखाले आपराधिक घटनालाई न्यूनीकरण गर्न सन्देश दिने अपेक्षा लिएको छु ।
जस्तोसुकै दुःख, कष्टमा पनि खुशीका साथ चाडबाड मनाउने नेपाली परम्परा रहेको भन्दै उनले बाढी, डुबान, पहिरोबाट घरबारबिहीन हुनुभएका र चार वर्षअघि गएको विनाशकारी भूकम्पका कारण अझै पनि अस्थायी टहरामै बस्दै आउनुभएका तथा विभिन्न हिंसाका घटनामा पर्नुभएका दिदीबहिनीले पनि सबै दुःख बिर्सेर हर्षका साथ हरितालिका तीज पर्व मनाउनुहुनेछ भन्ने विश्वास लिएको उपराष्ट्रपति पुनको शुभकामना सन्देशमा उल्लेख छ।
News Desk 0 response बुधबार, भदौ २७, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
