• काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी मंगलबाट सर्वोच्च अदालतमा काममा फर्केका छन्।जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो।

    सुनुवाइपछि जोशी बिदामा बसेको थियो । मंगलबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आएका छन्।

    न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्केका सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए। जोशी काममा फर्के  पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन।