• काठमाडौं-राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट नाडा अटो सो सुरु भएको छ। अर्थमन्त्री युवराज खतिवडाले अटो सोको उद्घाटन गरेका हुन्।

    प्रदर्शनीमा विभिन्न ब्राण्डका कार तथा मोटरसाइकलहरु राखिएको छ । अवलकोनकर्ताहरुले अटो मोबाइल सम्बन्धि जानकारी लिनका लागि पनि अटो सो उपयुक्त हुने विश्वास गरिएको छ ।

    यसपालीको नाडा अटो सो विद्युतीय सवारीमा केन्द्रित हुने नाडाका उपाध्यक्ष कृष्ण दुलालले जानकारी दिए।

    ६ वटा ब्राण्डले आफ्ना विद्युतीय सवारी प्रदर्शनीमा राखिएका छन् । अटो सोमा ७१ कम्पनीका १ सय ३४ स्टल राखिएका छन् । ती मध्ये १९ वटा चारपांग्रे, २० दुई पांग्रे सवारीका र ३४ स्टल भने सवारी साधनसँग सम्बन्धित स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र टायरलगायतका छन् ।

    सडक सुरक्षासम्बन्धी चेतना जगाउने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गर्ने दुई वटा स्टल छन्।