-
काठमाडौं-ठमेलको ज्याथामा ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी हुदाँमा १० करोडको क्षाति भएको जनाइएको छ। आगलागीमा परेर २ जना सामान्य घाइते भएका छन्। घाइतेहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं महानगरपालिको वडा नम्बर २७ ज्याथास्थित सुनिलजंग स्थापितको घरमा मंगलबार बिहान ४ बजेर ३० बजे ग्यास बिस्फोट भएपछि आगलागी शुरु भएको हो । स्थापितको घरको भुई तलामा रहेको ट्रेकिङ कम्पनीको गोदाममा राखिएका ग्यास सिलिण्डर बिस्फोट भएको थियो ।
गोदाममा ट्रेकिङमा प्रयोग हुने अक्सिजन ग्यास तथा खाना पकाउने एलपीजी ग्यासका सिलिण्डर थिए। आगलागीका कारण नजिकैका पसलमा समेत क्षति पुगेको छ । घटनामा १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
पानी तान्ने मोटरमा बिजुली सर्ट भएर आगो शुरु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
News Desk 0 response मङ्लबार, भदौ २६, २०७५
घटनास्थलमा ५३ वटा ग्यास सिलिण्डर फेला परेको प्रहरीले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
