-
काठमाडौं – ललितपुर इमाडोलमा दिदीसँग बस्दै आएकी ११ वर्षीया बालिका बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ । भदौ २१ गते साँझ पाँच बजे घरबाट साथी (१३ वर्षीया अर्की बालिका)सँग निस्किएकी ती बालिका बस चढेर रत्नपार्कस्थित बसपार्क पुगेकी थिइन् । बसपार्क पुगेर झर्ने क्रममा ‘कता जाने अब घरमा जान मन छैन’ भनेपछि कीर्तिपुर बस्दै आएका कैलालीका हेमबहादुर खत्रीले ‘मेरो डेरा जाऊँ’ भन्दै प्रस्ताव राखेका थिए।
सुरुमा अनकनाएपछि दुवै बालिका खत्रीसँग उनको डेरा जान राजी भए । प्रहरीका अनुसार खत्रीले डेरा पुगेपछि दुवैलाई खाना पकाएर खुवाए । राति सँगै सुते । १३ वर्षीया बालिका निदाएपछि उनले ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । तीन दिन सँगै डेरामा दुबै बालिकालाई राखेर यातना दिएपछि १३ वर्षीया बालिका डेराबाट भागेर आइतबार बल्खु प्रहरीमा पुगेकी थिइन् ।
प्रहरीले बालिकाका आफन्तलाई बोलाएर सोधपुछ गर्दा उनीहरू भदौ २१ गतेदेखि घर नआएको पत्ता लागेको थियो । १३ वर्षीया बालिकाकै सूचनाका आधारमा प्रहरीले कीर्तिपुरमा डेरा गरी बसेका खत्रीको डेरा फेला पार्यो । ११ वर्षीया बालिका रोइरहेको अवस्थामा फेला परेकी थिइन् । तर खत्री कोठमा थिएनन् । खोजतलास गर्ने क्रममा खत्रीलाई कीर्तिपुरबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।
एसएसपी लामाका अनुसार ११ वर्षीया बालिकाकी आमा वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेकाले उनी दिदीसँगै बस्दै आएकी थिइन् । सामान्य विवादमा दिदीले हात हालेको रिसमा उनी डेराबाट हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले केरकार गर्दा १३ वर्षीया बालिकाले भने आफूलाई खत्रीले कुनै प्रकारको यौन हिंसा नगरेको बताएकी छिन् । तर ११ वर्षीया बालिकालाई भने बलात्कार गरेको बयान दिएकी छिन् । पक्राउ परेका खत्रीले सहमतिमै यौन सम्पर्क गरेको बयान प्रहरीलाई दिएका छन् । तर कानुनले उमेर नपुगेको बालिकालाई लालाइफकाई यौनसम्पर्क राखे पनि त्यसलाई बलात्कारकै रूपमा लिएको छ ।
‘खत्रीले यौनसम्पर्क राख्ने उद्देश्यले नै दुवै बालिकालाई डेरासम्म पुर्रयाएर ११ वर्षीया बालिकामाथि बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ’, एसएसपी लामाले भने, ‘१३ वर्षीया बालिकाले अस्वीकार गरे पनि मेडिकल टेस्ट गर्न पठाएका छौं । रिपोर्ट आएपछि थप अनुसन्धान अगाघि बढ्छ ।’ प्रहरीले लामाविरुद्ध जिल्ला अदालत काठमाडौंमा जबर्जस्ती करणी मुद्दामा अनुसन्धान गर्न म्याद लिएको छ ।
News Desk 0 response मङ्लबार, भदौ २६, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
