• काठमाडौं- संसदीय सुनुवाई समितिले प्रधानन्यायधिशमा सिफारिस ओम प्रकाश मिश्रमाथि आज सुनुवाई गर्दैछ ।

    समितिको हिजाको बैठकले कामु प्रधानन्यायधिश मिश्रबिरुद्धका ४ उजुरीबारे सिकायतकर्तासँग सोधपुछ गरेपछि उनलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो ।

    समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरिएका नविनकुमार घिमिरेविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले असोज १ भित्र आप्नो कार्यालयमा सोझै उपस्थित भएर, इमेलमार्फत वा जिल्ला प्रशासन कार्यलय मार्फत उजुरी पठाउन सुचना जारी गरेको छ ।