-
काठमाडौं,२१ भदौ-मेलम्ची खानेपानीका लागि बिछ्याइएको पाइपको फ्लसिङ (सफा गर्ने काम) अन्तर्गत दोस्रो चरणमा धावीखोला देखि गंगबुस्थित विष्णुमति खोलामा आज देखि फ्लसिङ सुरु भएको छ।
धोवीखोलादेखि विष्णुमतिको खोलासम्म करिव ३ किलोमिटरमा विछ्याईएको पाइपलाईनको फ्लसिङ कार्य सुरु भएको हो। यस अघि सुन्दरीजलदेखि धोविखोलासम्मको करिब ११ किलोमिटरमा बिछ्याएका मुख्य पाइप सफा गर्ने काम सम्पन्न भईसकेको छ।
पाइपलाईन फ्लसिङको काम पानीको मात्रा अनुसार फरक पर्ने भएकाले यो दिनमै सकिन्छ भनेर भन्न नसकिने डिजाइन एण्ड सुपर भिजन कन्सल्टेन्टका प्रमुख मनि नारायणले जानकारी दिए। उनले धोवीखोलादेखि गंगबुस्थित विष्णुमतिको पुलसम्म विछइएको पाइपलाईन सफा गर्ने काम भईरहेको बताए।
पाइप फ्लसिङ गर्ने क्रममा यस अघि बागमतीको पानी चावहिलस्थित धोविखोलामा झारिएको थियो। अहिले सुन्दरीजलबाट प्रशोधित पानी महांकाल ट्याकीबाट निरन्तर पानी वितरण भईरहेको आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए। उनले दैनिक ३ करोड देखि साढे तीन करोड लिटरसम्म पानी छोड्ने काम भईरहेको बताए।
उनले सर्वसाधारणको घर घरमा पुर्याउनका लागि पानी पोखरीको काम अन्तिम चरणमा पुगेको समेत जानकारी दिए। ढल व्यवस्थापनका लागि विभिन्न स्थानमा पानी प्रशोधन केन्द्रको क्षमता अभिवृद्धि गरि पुनः स्थापना र निर्माण कार्यलाई निर्देशनालयले प्राथमिकताका साथ राखेको उनले बताए।
News Desk 0 response बिहिबार, भदौ २१, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
