-
कन्चनपुर-कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान थप जटिल बन्दै गएको छ। सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई बुधबार गरेको ब्रिफिङअनुसार पन्तको बलात्कारपछि हत्या हुँदा प्रमाण नष्ट गरिएको हुनाले घटना अनुसन्धान जटिल बन्दै गएको हो।
प्रमाण नष्ट भएकाले घटनामा संलग्न अभियुक्त पत्ता लगाउन गाह्रो भएको समितिको निष्कर्ष छ । घटना भएको ३५ दिनपछि सरकारले समिति गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका डिआइजी रामप्रसाद श्रेष्ठ र सशस्त्र प्रहरीका वसन्त बानियाँ सदस्य छन् ।अझै पनि अनुसन्धान नसकिएको समितिका एक जनाले बताए।
समितिका अनुसार बलात्कारपछि निर्मलाको शव कन्चनपुरको भीमदत्त–१८ निम्बुखेडाको उखुबारीस्थित पानीमा घोप्टो परेको अवस्थामा भेटिएको थियो । शव पानीमा भिजेका कारण बलात्कारमा संलग्न अभियुक्तको गन्ध र वीर्य शवबाट पखालिसकेको थियो ।
समितिका अनुसार पोस्टमार्टम रिपोर्टले पनि यसलाई पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तथा एसपी कुँवेर कडायतले घटनाको सम्वन्धमा सुक्ष्म अनुसन्धान भईरहेको जानकारी दिए।
बुधबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी प्रमुख एसपी कडायतले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आशुय विष्ट घटनामा संलग्न नभएको बताए ।
उनले भने, ‘हामीले विभिन्न तरिकाले उनीहरूलाई सोधपुछ गर्र्यौं । अहिलेसम्मको अनुसन्धान हेर्दा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति छैन ।’
News Desk 0 response बिहिबार, भदौ २१, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
