-
काठमाडौँ, १९ भदौ – साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ।नेपालले दुई वर्ष अघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। दुवै टोली अहिलेसम्म साफमा उपाधिविहीन छन्।
साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालले हालसम्म खेलेका छ खेलमध्ये दुईमा जित, तीनमा बराबरी र एकमा पराजय भएको थियो। उक्त प्रतियोगितामा नेपाल र पाकिस्तानबीच सन् १९९३ जुलाई १६ मा पाकिस्तानमा भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो। सन् १९९५ मार्च २९ मा श्रीलङ्कामा भएको दोस्रो संस्करणमा नेपाल २–० गोलले विजयी भएको थियो।
सन् १९९७ सेप्टेम्बर ४ मा काठमाडौँमा भएको तेस्रो साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २–० गोलको पराजित भएको थियो। सन् २००८ जुन ७ मा श्रीलङ्का र माल्दिभ्सले संयुक्तरुपमा आयोजना गरेका सातौँ संस्करमामा नेपाल ४–१ गोलले विजयी भयो। सन् २०११ डिसेम्बर ६ मा भारतमा भएको आठौँ संस्करणमा नेपाल र पाकिस्तान १–१ गोलको बराबरीमा रोकिएको थियो भने सन् २०१३ सेप्टेम्बर ३ मा नेपालमा भएको नवौँ संस्कारणमा १–१ गोलले बराबरी भएको थियो।
साफ च्याम्पियनसिपमा नेपालले हालसम्म खेलका २८ खेलमध्ये आठमा जित, १६ मा हार, चारमा बराबरीको नजिता निकालेको थियो। साफको २५ वर्षे इतिहासमा छ पटकको प्रतिस्पर्धामा पाकिस्तानसँग एक पटकमात्र पराजय भएको नेपालले आज जित्न सके आगामी चरणको यात्राका लागि सहज हुनेछ। यस अघि भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन।
अहिलेसम्मका नतिजाले पाकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न सहज देखिँदैन। हालै इन्डोनेसियामा सम्पन्न १८ औँ एशियाली खेलमा नेपालाई पराजित गरेको पकिस्तान सोही नतिजा दोहोर्याउने मनसायमा छ भने नेपाल त्यसको बदला लिने सोचका साथ आज मैदान उत्रने भएको छ।आज शुरु भई यही भदौ ३० गतेसम्म हुने प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल यही भदौ २१ गते भुटानसँग र समूह चरणको अन्तिम खेल बङ्गलादेशसँग २३ भदौमा खेल्नेछ।
प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन्। नेपालसहित बङ्गलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन्। च्याम्पियनसिपको समूहको शीर्ष दुई टोलीले अन्तिम चार (सेमिफाइनल)मा स्थान बनाउनेछन्।
नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन्।
News Desk 0 response मङ्लबार, भदौ १९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
