• भारत, १९ भदौ –भारतीय एयर फोर्स(आईएएफ)को एक एमआईजी–२७ जहाज मंगलबार नियमित मिसनको क्रममा राजस्थानको जोधपुरमा दुर्घटनाग्रस्त भएको छ। विमानका पाइलट भने दुर्घटना अघिनै जहाजबाट हुत्तिएर सुरक्षित छन् । आईएएफले उक्त दुर्घटनाको अनुसन्धानको लागि निर्देशन दिएको छ। आईएएफसँग अझै पनि एमआईजी–२७ को दुई स्वार्डोन रहेको छ। ती जहाजहरुको अर्को वर्ष समयावधि सकिदैछ।

    सुरक्षाको हिसाबमा एमआईजी–२७ को त्यति राम्रो रेर्कड रहेको छैन ।जुन महिनामा एक अर्को एमआईजी–२७ अपग्रेड जहाज जोधपुरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। त्यस दुर्घटनामा पाइलट कण्डपाल दुर्घटना हुनु केही सेकेण्ड अघि सुरक्षित रुपमा निस्किन सफल भएका थिए। दुर्घटनास्थलमा पनि कुनै मानवीय क्षेति भएको छैन। तर पाइलट उक्त क्षेत्रमा रहेको ट्रान्स्फरमर नजिक खसेकाले बालबाल बचेका थिए।

    दुर्घटनामा दुई घर र छेउमा पार्क गरिरहेको एक गाडिमा गम्भिर क्षति पुगेको थियो। अघिल्लो नोभेम्बर पुनः अर्को आईएएफ एमआईजी–२७ लडाकु विमानलाई अवतरण गर्ने क्रममा त्यसको टायर पड्केको थियो । विमान जोधपुर विमानस्थलको धावनमार्गमा लामो समयसम्म अड्केको थियो ।

    सन् २०१५ जनवरीमा जोधपुर हवाई आधारबाट उत्तरलाईको नियमित अभ्यासको क्रममा उडेको अर्को एक एमआईजी–२७ लडाकु विमान पनि राजस्थान बारमरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानको एक टुक्रा छेउ सडकमा मोटरसाइकल चलाइरहेका चालकलाई लागेको थियो ।

    घाइते युवा लून सिंह आफ्नो विवाहको लागि छिमेकी गाँउमा निमन्त्रणा दिन जादै थिए। यो बेला पनि पाइलट समयमै विमानबाट निक्लिन सफल भएका थिए ।