• काठमाडौं-काठमाडौंको चर्चित चेन रेष्टुरेन्ट बाजेको सकुवाको ६ वटा आउट लेटमा गरिएको शिलबन्दी तोडिएको छ।प्रहरी, प्रशासन, जनप्रतिनिधि लगायतको उपस्थितिमा शिलबन्दी तोडिएको हो।

    यसअघि रेष्टुरेन्टका मालिक चेतनाथ भण्डारी ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि ३० जेठमा अनुसन्धान समितिले छापा मारेर शिलबन्दी गरेको थियो।

    त्यसलगत्तै, व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटी खोसिएको भन्दै कर्मचारीहरुले विरोध जनाउँदै आएका थिए।

    विशेष अनुसन्धान समितिले गरेको शिलबन्दीविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो। १३ भदौमा सर्वोच्चले सबै शाखाहरु खोल्न अन्तरिम आदेश दिएपछि सोमबार शिलबन्दी तोडिएको हो।

    उिता, रेष्टुरेन्टका मालिक भण्डारीको खोजीमा नेपाल प्रहरीले अन्तरार्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गरेको छ ।