• काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मध्य तथा सुदूरपश्चिमको महान पर्व गौराको अवसरमा सबैलाई शुभकामना दिएका छन्। शुभकामना व्यक्त गर्दै प्रचण्डले ऐतिहासिक गौरापर्व उत्सव मात्र नभएर यसले मध्य तथा सुदूरपश्चिमको साझा ऐतिहासिक पहिचान र सामाजिक सम्बन्ध मजबुत गर्न सहयोग पुर्याएको बताएका छन्।

    संघीयतालाई बलियो पार्दै विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पारिँदै आएको प्रदेश नम्बर सातलाई समुन्नतिको दिशामा अघि बढाउन, त्यस क्षेत्रको प्राकृतिक तथा सास्कृतिक सम्पदाहरुको समुचित विकास गर्न तथा सम्पूर्ण देशवासीमा आपसी सदभाव, भाइचारा तथा अपनत्वको भावना बृद्धि गरी समृद्ध नेपालको निर्माणमा गौरा पर्वले प्रेरणा प्रदान गर्न सकोस् भन्दै प्रचण्डले शुभकाना व्यक्त गरेका छन् ।