-
काठमाडौं-नयाँ मुलुकी ऐनको विरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई सरकारले वार्तामा बोलाएको छ। स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले राज्यमन्त्रीले वार्तामा बोलाएको बताए । संघको आयोजनामा आज देशभरका अस्पतालमा प्रशासनिक काम बन्द गरिएको छ। आइतबार आकस्मिकबाहेक सेवा बन्द गरेर चिकित्सकहरूले नयाँ मुलुकी ऐनमा भएको इलाज व्यवस्थाको विरोध गरेका थिए ।
ऐन बनाउँदा आफूहरूलाई एक पटक पनि नसोधिएको र बद्नियतपूर्ण तरिकाले कानुन ल्याएको चिकित्सकहरूको आरोप छ । उनीहरूले अपराध संहिताको दफा २३० देखि २३३ सम्मका व्यवस्था सच्याउनु पर्ने माग गरेका छन् ।
सरकारले भने चिकित्सकहरूले अत्यावश्यक सेवा अवरोध गरेको भन्दै उनीहरूलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको थियो।
आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले आन्दोलनरत चिकित्सकलाई अत्यावश्यक सेवा ऐन अनुसार कारबाही र जरिवानाको चेतावनी दिएको हो।
News Desk 0 response सोमवार, भदौ १८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
