-
काठमाडौं,१५ भदौ-नयाँ शक्ति केन्द्रीय परिषद्का सदस्य राधाकृष्ण बुढ्थापाको हत्या प्रकरणका दोषीलाई कारबाही माग गर्दै शुक्रबार विरोध जुलुस प्रर्दशन गरिएको छ । गत साउन २० गते ४३ वर्षीय बुढ्थापाको जुगाड खोलामा मृत भेटिएका थिए ।
चन्दननाथ नगरपालिका, २ का बुढ्थापा परिवारले हत्यामा प्रहरीको संलग्नता रहेको भन्दै शंकास्पद प्रहरीमाथि अनुसन्धान गर्न माग गरेका छन् ।
घटना भएको लामो समयपछि दोषी पत्ता नलागेको भन्दै बुढ्थापाका बुवा रामकृष्णले अनुसन्धान नभएको बताए । प्रहरी भने घटनाको अनुसन्धान चलिरहेको बताउँदै आएको छ ।
साउन २० गते आइतबार राति १० बजेतिर मोबाइल गस्तीमा गएको प्रहरी टोलीले मोटरसाइकलको मधुरो प्रकाश जुगाडखोलाको किनारामा भेटेपछि खोजतलास क्रममा उक्त खोलामा बुढ्थापा मृत अवस्थामा फेलापारिएको जुम्ला जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक प्रकाश केसीले बताए ।
News Desk 0 response शुक्रबार, भदौ १५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
