-
कञ्चनपुर,१५ भदौ –कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न हत्यारा पक्राउ नहुँदै कञ्चनपुरमा फेरी अर्को बलात्कारको घट्ना भएको छ।
कञ्चनपुर बेल्डाँडी गाउँपालिका वडा नम्बर १ की १६ वर्षीया एक किशोरीमाथि बिहीबार राति सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। किशोरीको घरमा बिहीबार राति पूजाको कार्यक्रम रहेको र सोही कार्यक्रममा सहभागी हुन आएकाले घरबाट बाहिर लगेर बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा डिएसपी कृष्णराज ओझाले बलात्कार भएको खबर पुष्टि भएको बताए।
एक किशोरी बलात्कारको शिकार भएकी छिन्, उनले भने, ‘घट्नाको विस्तृत विवरण अझै आइसकेको छैन, घट्नास्थलमा प्रहरी प्रमुख खटिएका छन्।’
परिवारले घटनाबारे प्रहरीलाई खबर गरेपछि शुक्रबार बिहान साढे ३ बजेको समयमा प्रहरीले किशोरीको उद्दारका थिए। किशोरीले दिएको जानकारी अनुसार दुईको पहिचान भएको र बाँकी दुईजनाको पहिचान हुन बाँकी रहेको रहेको छ।
बलात्कृत किशोरीको स्वास्थ्य परीक्षण गराएर अहिले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा राखिएको छ। चारैजना फरार रहेको र उनीहरुको हुलिया जारी गरि खोजी कार्य भइरहेको डिएसपी ओझाले जानकारी दिए।
News Desk 0 response शुक्रबार, भदौ १५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
