• काठमाडौं,१५ भदौ-रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ।

    १९८२ असोज २ गते जन्मिएका रिमालको आज बिहान १ बजे निधन भएको हो।

    रिमालको पार्थिव शरीरलाई अन्तिम श्रद्धनन्जलीका लागि बिहान ७ बजे उनकै निवास नयाँ बानेश्वर ह्वाइटहाउस कलेज अगाडी राखिने उनका नजिकका शिष्य तथा चलचित्र निर्देशक सम्राट् सापकोटाले जानकारी दिए।

    श्रद्धान्जली पछि सिधै आर्यघाट लिएर रिमालको अन्येष्टि गरिने पारिवाजनले बताएको छ।