-
काठमाडौं,१५ भदौ-नेपालका अनन्तराम केसीले सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान रचेका छन्।
विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ लगातार ९० घण्टा २ मिनेट सम्म बोल्दै केसीले बिहिबार मध्यराती नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्।
केसीको कीर्तिमान गिनिज वल्र्ड रेकर्डस्मा दर्ता भएको छ। यसअघि यो कीर्तिमान भारतका केपी भाल साराजानको नाममा थियो। उनले केही महिना अघि लगातार ८१ घण्टा १६ मिनेट प्रवचन दिएर विश्व कीर्तिमान राखेका थिए।
गिनिज वल्र्ड रेकर्डस्का प्रतिनिध स्वप्निल डाङगारिकार, प्रदेश सभासद् जीवन डंगोल लगायतले विहिवार नै केसीलाई विश्व कीर्तिमान कायम गरे बापत् गिनिज वल्र्ड रेकर्डस्को प्रमाण पत्र हस्तान्तरण गरेका थिए।
राजधानीको गोकर्णेश्वर–५ स्थित इस्ट पोल स्कुलको हलमा सोमबार विहानदेखि शुरु भएको केसीको प्रवचन बिहिबार मध्यरातमा सम्पन्न भएको अभियानका संयोजक न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए।
News Desk 0 response शुक्रबार, भदौ १५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
