• चितवन, १५ भदौ– काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को कार आफैँ अनियन्त्रित भई नारायणगढ मुग्लिन सडक खण्डको जुगेडी पुलबाट तल खसेको हो।

    कारका चालक रामेछाप निवासी २१ वर्षीय एकराज खत्री र कारमा सवार कञ्चनपुर जिल्लाको बेलौलीका ३४ वर्षीय दुर्गा प्रसाद चौधरी घाइते भएको छ। पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनीहरूको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।