• काठमाडौं,१४ भदौ-एसिया कप क्रिकेटको छनोट अन्तर्गनको दोश्रो खेलमा नेपालले जवाफी व्याटिङ गरिरहेको छ। २ सय ५५ रनको लक्ष पछ्याएको नेपालले उपकप्तान गुमाएर पहिलो झड्का बेहोरेको छ।

    उपकप्तान ज्ञानेन्द्र मल्ल ४ बल खेल्दा ४ रन बनाएर आउट भए। अहिले क्रिजमा ओपनर सुवास खकुरेल र कप्तान पारस खड्का छन्। जारी खेलमा नेपालले ३ ओभर खेल्दा १ विकेट गुमाएर जम्मा १० रन जोडेको छ। मलेसियाको राजधानी क्वालालम्पुरमा शुरु भएको खेलमा नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियो।

    पहिलो ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन बनायो। नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २४ रन खर्चदै चार विकेट लिए भने । बसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिए ।