• काठमाडौं,१४ भदौ-ओखलढुंगाको मेलुङ गाउँपालिका–८ खिम्तीमा पहिरोले घर पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको छ।

    बुधबार राति अविरल वर्षासँगै आएको पहिरोले घर पुर्दा एकै घरका ४ जनाको मृत्यु भएको हो। पहिरो परी घरधनी पूर्णबहादुर राई, उनकी श्रीमती धनकुमारी राई, दिदी मित्रमाया राई र छोरा आशीष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

    राति पहिरो आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।