• काठमाडौं,१४ भदौ –आजबाट सुरु हुने चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौ अवतरण भएका छन् । प्रधानमन्त्री मोदी अहिले साढे ८ बजे काठमाडौं आइपुगेका हुन् ।

    मोदी चार्टर फ्लाइटमार्फत काठमाडौको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल अवतरण भएका हुन्। मोदीको आगमन हुने समय भन्दा १५ मिनेट अगावै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण बन्द गरिएको छ।

    बिहान ८ बजेर १५ मिनेटदेखि सबै उडान बन्द भएको विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोल (एटिसी)रुमका प्रमुख सीताराम भण्डारीले जानकारी दिए।

    यसैगरी ९ बजेर १५ मिनेटमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना विमान बंगालमार्फत काठमाडौं आएकी छिन्। नियमित उडानमार्फत उनी नेपाल आएकी हुन्।