-
काठमाडौं १४ भदौ-संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री धनबहादुर बुढा गृहजिल्ला डोल्पामा नेकपा नेता वामदेव गौतमलाई भोट मागेर फर्किएका छन् । राजीनामा दिने या नदिने दोधारमा परेपछि गृहजिल्ला पुगेका उनी मतदाताको राय लिएर काठमाडौं फर्किएका हुन्।
बर्दियाबाट आफ्नै कमजोरीले नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित बनेका नेता गौतमलाई नेकपाले डोल्पामा उठाउने चर्चा केही महिनादेखि चलिरहेको अवस्थामा राज्यमन्त्री बुढा राजीनामा दिने मनस्थिति बनाएर काठमाडौँ फर्किएका हुन् ।
बुढालाई राजीनामा गराएर वामदेवलाई डोल्पाबाट चुनाव लडाउने तयारी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरिसकेका छन् । मतदातासँगको परामर्शपछि उपनिर्वाचनका लागि राज्यमन्त्री बुढाले बामदेवका लागि भोट मागेर काठमाडौं फर्किएका हुन्।
गृह जिल्लामा मतदाताको सुझाव लिन आएका बुढाले वामदेवका लागि भोट मागिदिँदै काठमाडौं फर्किएका छन्। स्थानीय तहमा विशेष कार्यक्रम गर्ने योजना छाडेर बुढा बिमस्टेक बैठकमा सहभागी हुन बिहीबार काठमाडौं फर्किएको उनका स्वकीय सचिव भीमबहादुर बुढाले जानकारी दिए।
जिल्ला बसाइका क्रममा उनलाई मतदाताले राम्रो सुझाव र सल्लाह दिएकको भन्दै आफु राजीनामा दिने मनस्थितिमा पुगेको राज्यमन्त्री धनबहादुर बुढाले बताएका छन् ।
‘मैले गृह जिल्लामा मतदाताको राय लिएको छु, केन्द्रको निर्णय र मतदाताको राय अनुसार राजीनामा दिनेछु’, उनले भनेका छन् । राज्यमन्त्री बुडाले हाइप्रोफाइल शीर्ष नेता पाउनु डोल्पालीका लागि शौभाग्य भएको पनि दाबी गरे । बुढाले उपनिर्वाचनमा वामदेवलाई भोट हाल्न पनि मतदातालाई अनुरोध गरेका छन् । ‘हामीले वामदेव गौतमलाई जितायौं भने जिल्लाको मुहार फेरिनेछ, ढुक्क हुनुहोस्, पार्टीले घात गर्ने छैन’, उनले मतदातालाई फकाउँदै भने ।
‘वामदेव एक उच्च पदस्थ नेता हुन्, हामीले सम्मान गर्नुपर्छ, मैले राजीनामा दिएँ भने मन्त्री र राष्ट्रियसभाको सर्त राखेको छु, तपाईँहरुको मतको कदर गर्छौं’, उनले भने ।
News Desk 0 response बिहिबार, भदौ १४, २०७५
सम्बन्धित शीर्षकहरु
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
मङ्लबार, बैशाख २५, २०८१त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर नमुना वडा बन्दै
आइतवार, बैशाख २३, २०८१जापानी विदेशमन्त्री खामिखावा नेपालमा
आइतवार, बैशाख २३, २०८११ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यलय निर्माण सम्पन्न
शनिबार, बैशाख १५, २०८१-
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
मङ्लबार, बैशाख २५, २०८१ -
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर..
आइतवार, बैशाख २३, २०८१ -
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
आइतवार, बैशाख २३, २०८१ -
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१
-
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
मङ्लबार, बैशाख २५, २०८१ -
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर..
आइतवार, बैशाख २३, २०८१ -
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
आइतवार, बैशाख २३, २०८१ -
१ करोड लागतमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर..
शनिबार, बैशाख १५, २०८१ -
जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सञ्जीव बराल..
सोमवार, बैशाख ३, २०८१
-
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर..
आइतवार, बैशाख २३, २०८१ -
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
मङ्लबार, बैशाख २५, २०८१ -
जापानी विदेशमन्त्री खामिखावा नेपालमा
आइतवार, बैशाख २३, २०८१