-
काठमाडौं,१३ भदौ-नेपाल चिकित्सक संघले सरकारले मुलुकी ऐन, मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि ऐनका प्रावधान संसोधन गर्ने आश्वासन दिएपनि त्यसो नगरेको भन्दै आन्दोलनको घोषणा गरेको छ।संघका पदाधिकारीहरुले मंगलबार पत्रकार सम्मेलन गर्दै ऐन संसोधन नगरेकाले आफुहरु सरकारविरुद्धको आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन्।
साउन ३१ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले विवादित दफा तथा उपदफाहरुमा आवश्यकता अनुसार संशोधन गर्ने प्रतिबद्धता गरेपनि त्यो कार्यान्वयन नगरेको भन्दै संघले १६ गतेदेखि पुनः मुलकभर आन्दोलन गर्ने घोषणा गरेको हो।
यी ऐनहरु नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको संघले आरोप लगाएको छ।
यसअघि ऐन संशोधन गर्ने प्रतिबद्धता सरकारबाट आएपछि संघले भदौ १५ गते सम्मलाई आन्दोलन स्थगन गरेको थियो ।
संघको विज्ञप्तिमा भनिएको छ’, स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई सरकारले जुन रुपमा फरक विधाको रुपमा लिएर यस्तो प्रकारको विवादास्पद कानूनको निर्माण गरी लागू गरेको छ यसले देशभरका स्वास्थ्यकर्मीहरुलाई सेवामा समर्पित हुने उत्साह र उंमगलाई बन्द गरिदिएको छ।
News Desk 0 response बुधबार, भदौ १३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
