• काठमाडौं,१३ भदौ –भोलिदेखि सुरु हुने बिमस्टेकको सम्मेलनमा आउने पाहुनाहरुको सवारी अभ्यास गर्ने क्रममा एक सुरक्षाकर्मीले चलाइरहेको मोटरसाइकल भयानक दुर्घटनामा परेको छ। राजधानीको कालीमाटीमा मोटरसाइकल दुर्घटना भएको हो। स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका छन् ।

    उनको प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ । सोल्टी होटलबाट एयरपोर्ट जाने क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएकाे छ ।

    सुरक्षाकर्मीले अहिले राजधानीका सडकमा अन्य सवारी साधनको आवागमन बन्द गरेर सवारीको अभ्यास गरिरहेको छ । हेर्नुहोस् दुर्घटनाको भिडियो ।