-
काठमाडौं,१३ भदौ-बिमस्टेक मन्त्रीस्तरिय बैठकमा सहभागी हुन विभिन्न सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु काठमाडौं आइपुगेका छन्।
चौथो बिमस्टेक सम्मेलनको परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागी हुन बंगलादेशका विदेश मन्त्री अब्दुल हसन महम्मद मंगलबार बिहान पौने १२ बजे काठमाडौं आइपुगेका हसन्। श्रीलङ्काका विदेश राज्यमन्त्री वसन्त सेनानायके बिहान सवा ११ बजे जेट एयरबाट काठमाडौँ आइपुगेका छन्। त्यसै गरी, थाइल्याण्डका विदेश मन्त्री दोनप्रमोद मुदुवानी मध्यान्ह साढे १२ बजे, भारतीय विदेश राज्यमन्त्री भी.के. सिंह दिउँसो पौने ३ बजे काठमाडौँ आएका हुन्।
बिमस्टेक परराष्ट्रमन्त्री स्तरीय बैठक आज बिहान ९ बजे होटेल सोल्टीमा बस्नेछ।
बैठकबाट पारित एजेण्डामा आज बस्ने मन्त्रीस्तरीय बैठकमा अनुमोदनका लागि छलफल हुने छ। सचिव स्तरीय बैठकमा छुटेका वा सहमति हुन बाँकी विषयमा पनि छलफल हुनेछ। मन्त्री स्तरीय बैठकको सहमति र तय गरेको विषयले नै भोलिबाट शुरुहुने राष्ट्रप्रमुखको बैठकमा प्राथमिकता पाउने छ।
News Desk 0 response बुधबार, भदौ १३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
