-
नुवाकोट, १३ भदौ – नुवाकोटको त्रिशूली बेत्रावती सडक खण्डअन्तर्गत गेर्खु खोलामा बनाइएको डाइभर्सन आज बिहान बाढीले बगाएपछि सडक अवरुद्ध भएको छ।सडक अवरुद्ध हुँदा दर्जनौं सवारीसाधान रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भदौ २ गते राति आएको बाढीले खोलाको पुल भत्काएपछि सडक अवरुद्ध भएको थियो। त्यसपछि भदौ ६ गते ह्युम पाइप राखेर अस्थायी संरचना बनाई सवारीसाधन सञ्चालन गरिएको थियो। खोलामा आएको बाढीले सो अस्थायी संरचना पनि भत्काएपछि सडक पुनः अवरुद्ध भएको छ।
खोलामा पानीको बहाव घटेपछि फेरि अस्थायी संरचना निर्माण थालिने प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।यस्तै, विदुर नपा–१० तिरतिरको भीरमा आज बिहान पहिरो जाँदा पासाङल्हामु सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।
News Desk 0 response बुधबार, भदौ १३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
