• काठमाडौं,१२ भदौ-बिमस्टेकको सचिवस्तरीय बैठक काठमाडौंमा सुरू भएको छ । बिमस्टेकको शिखर सम्मेलनमा प्रस्तुत गर्ने विषय तय गर्न सचिवस्तरीय बैठक मंगलबार बिहान सुरू भएको हो । बैठकमा सबै देशका विदेश सचिव सहभागी भएको परराष्ट्र मन्त्रामलयले जनाएको छ। बैठकको अध्यक्षता परराष्ट्र सचिव शंकर दास वैरागीले गरेका छन्।

    सचिवस्तरीय बैठकले तय गरेको एजेन्डामा मन्त्रीस्तरीय बैठकमा पनि छलफल हुने छ। मन्त्रीस्तरीय बैठकका लागि सदस्य राष्ट्रका विदेश मन्त्रीहरु मंलबार नै काडमाडौं आउने छन्। बुधबार बिमस्टेकका विदेशमन्त्रीहरुको बैठक बस्ने छ।

    सचिवस्तरीय बैठकले तय गरेका विषलाई मन्त्रीस्तरीय बैठकले अन्तिक टुंगो लगाउने छन्। बैठकमा व्यापार, यातायात, सञ्चार, प्रविधि, अन्तरदेशीय अपराध तथा प्रतिआतंकवाद, कृषि, गरिबी निवारण लगायतका विषयमा छलफल हुने बताइएको छ।

    त्यसपछि, बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुको बैठकमा ती विषय प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनका लागि सदस्य राष्ट्रका राष्ट्रप्रमुख पनि मंलबारबाट काठमाडौं आउन सुरु हुने छ। म्यानमारका राष्ट्रपति विन मिन्ट मंलबार काठमाडौं आउने छन्। अन्य देशका राष्ट्रप्रमुख बधबार र बिहिबारसम्म काठमाडौं आउने कार्यतालिका रहेको छ।