-
काठमाडौं,१२ भदौ –कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरी नियन्त्रणमा रहेका दिलीपसिंह विष्टलाई काठमाडौं ल्याइएको छ। प्रहरीले उनको स्वास्थ्य जाँचका लागि काठमाडौं ल्याएको हो।
प्रहरीका अनुसार बिष्टलाई मंगलबार बिहान विमानबाट काठमाडौं ल्याइएको हो। उनको त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज र मानसिक अस्पताल पाटनमा चेकजाँच हुने प्रहरीले जनाएको छ।
साउन १० गते साथीकोबाट घर फर्कदै गर्दा बेपत्ता भएकी निर्मलाको साउन ११ गते कञ्चनपुरको उल्टाखाम उखुबारीमा शब फेला परेको थियो।
कञ्चनपुर प्रहरी र काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा निर्मलाको बलात्कार र हत्यामा बिष्टको संलग्नता रहेको निष्कर्ष निकालेको थियो।स्थानीयको दाबी अनुसार बिष्ट मानसिक अवस्था ठीक नभएका ब्यक्ति हुन् । प्रहरीले मुख्य अभियुक्त बचाउन उनलाई उभ्याएको आरोप स्थानीयले लगाएका छन्। प्रहरी अनुसन्धानमा स्थानीयले असन्तुष्टि जनाएपछि आन्दोलन चर्किएको थियो ।
आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर एक बालकको मृत्यु समेत भएको थियो।
News Desk 0 response मङ्लबार, भदौ १२, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
