-
काठमाडौँ, १२ भदौ– एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ।नेपालमा आगामी असोज ३ गतेदेखि आयोजना हुने उक्त छनोट प्रतियोगिताका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा छन्। छनोट प्रतियोगिताको समूह ‘ई’ मा रहेको नेपालले आइतबारबाट बन्द प्रशिक्षण थालेको नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले जानकारी दिइिन्।
बन्द प्रशिक्षणमा सावित्री किसान, पूजा थापा, करिना धिमाल, खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सविना चौधरी, मनमाया परियार, प्रिती राई, सुष्मा तामाङ, मनिषा विष्ट, अस्मिता चौधरी, सविता रानामगर, निकिता थोकर, चन्द्रा भण्डारी, सुरक्षा सुक्रीया, मनिका घर्तीमगर, मुना मगर, श्रीषा कार्की, सुनिता सुनार, सजनी थोकर, मन्दिरा रहि र जुनु मगर सहभागी छन्।
छनोटको लागि नेपालले पहिलो चरणमा २३ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको हो। बन्द प्रशिक्षणमा भुटानमा हालै सम्पन्न यू–१५ साफ च्याम्पियनसीप खेलेका अधिकांश खेलाडी छन्। मुख्य प्रशिक्षक गुरुङसहित सहायक प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षकमा विनोद महर्जन तथा टोलीको व्यवस्थापकमा नन्दकला थापा रहेको छ।
छनोट प्रतियोगिताको समूह ‘ई’ मा नेपालसहित फिलिपिन्स, मलेसिया र म्यानमार रहेका छन्। काठमाडौँमा आगामी असोज ३ देखि ७ गतेसम्म हुने उक्त प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल असोज ३ गते फिलिपन्ससँग, दोस्रो खेल ५ गते म्यानमार तथा अन्तिम खेल ७ गते मलेसियासँग खेल्नेछ।
यू–१६ महिला च्याम्पियसीप सन् २०१९ मा थाइल्यान्डमा हुनेछ। छनोट प्रतियोगिताका सबै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछन्। समूह विजेताले दोस्रो चरणको यात्रा तय गर्ने छ। आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया अर्को चरणका लागि छनोट भइसकेका छन्।
News Desk 0 response मङ्लबार, भदौ १२, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
