-
काठमाडौँ, ११ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने स्पष्ट गर्दै भने, “संयुक्त राष्ट संघले राखेको दिगो विकास लक्ष्यको समय २०३० सम्ममा हामीले समृद्धिको संकेत पाइसक्छौँ।” प्रधानमन्त्री ओलीले सोका लागि राज्य संयन्त्रलाई चुस्त बनाउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्र पुरातन भएकाले यसलाई सुधार्दै चलायमान बनाउन आफू लागिरहेको जनाउँदै अहिले चर्चामा आएका कतिपय कानुन र विधेयकमा कहीँ कतै कमजोरी भए आवश्यकता र औचित्यका आधारमा संशोधन हुने स्पष्ट गरे।
प्रधानमन्त्री ओलीले आर्थिक विकास र समृद्धिका लागि एउटा प्रभावकारी क्षेत्रीय संगठन चाहिएकाले बिम्स्टेकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। “बिम्स्टेकका सन्दर्भमा हाम्रो भूमिका कर्मकाण्डी हुँदैन। प्रभावकारी हुन्छ”, प्रधानमन्त्री ओलीले भने।प्रधानमन्त्री ओलीले सम्पादकहरुसंँग भने “देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस् तर जनतालाई निराशा नछाओस् भन्ने कुरामा सचेत भइदिनुहोस्। ”
News Desk 0 response सोमवार, भदौ ११, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
