• कञ्चनपुर,१० भदौ-कञ्चनपुरको भीमदत्त नगरपालिकामा पाँच घण्टाको लागि खुलाइएको कर्फ्यु फेरि शुरु भएको छ। जनैपूर्णिमालाई मध्यनजर गरि प्रशासनले आइतबार बिहान ५ बजेदेखि १० बजेसम्म कर्फ्यु हटाएको थियो।

    अर्को आदेश जारी नभएसम्म फेरि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। निर्मला पन्तको वास्तविक हत्यारा पक्राउको माग राख्दै भएको आन्दोलनमा प्रहरीको गोली लागि सन्नी खुनाको मृत्यु भएपछि शुक्रबारदेखि कर्फ्यु लगाइएको हो।