• काठमाडौं,१० भदौ-क्रिकेट विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ। अन्तराष्ट्रिय क्रिकेट काउन्सि (आइसीसी)ले शनिबार एक विज्ञप्ति जारी गर्दै ट्रफीको विश्व भ्रमण नेपालमा पनि गराउने जानकारी गराएको हो।

    २०१९ मा इंल्याण्ड र वेल्समा हुन लागेको क्रिकेट विश्वकपको ट्रफी नेपालमा २७ अक्टोबरमा दरबार स्वायर क्षेत्रमा राखिने आइसीसीले जनाएको छ। ट्रफी विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म सो क्षेत्रमा रहनेछ। समर्थकहरुले ट्रफी नियाल्न पाउनुका साथै ट्रफीसँग फोटो खिच्न समेत पाउने आइसीसीले जनाएको छ।

    यही सोमबारबाट आइसीसीको दुबर्इ स्थित हेडक्वार्टरबाट ट्रफीको विश्व भ्रमण सुरु हुनेछ। जसलार्इ पाँच महादेशका विभिन्न २१ देशका ६० शहरमा ट्रफी घुमाइने भएको छ। पहिलो पटक निशानको सहायतामा आइसीसीले विश्वका यतिधेरै स्थानमा ट्रफी भम्रण गराउन लागेको हो।