-
काठमाडौं ८ भदौ- एसियाली खेलकुदमा लगातार तेस्रोपल्ट नेपाली तेक्वान्दो पदकविहीन भएर फर्कने भएको छ । १८ औं संस्करण जारी रहँदा बिहीबार दुई नेपाली खेलाडीको खेलसँगै तेक्वान्दोको इन्डोनेसिया यात्रा सकिएको छ । एसियाली खेलकुदमा गौरवशाली इतिहास बनाएको तेक्वान्दोका खेलाडीले पछिल्ला तीन संस्करणमा पदक जित्न सकेनन् । सन् २०१० को ग्वाङझाउ र २०१० को इन्चोन एसियाडबाट पनि रित्तो हात फर्केको थियो। एसियाडमा नेपाली तेक्वान्दोले एक रजत र १३ कांस्यपदक जितेको इतिहास छ।
जकार्ता एसियाडको पाँचौं दिन सकिँदासम्म नेपाल पदकको छेउसम्म पुग्न सकेको छैन। पदक आस गरिएको उसु पनि पदकविहीन भएर फर्केको छ। एसियाडमा उसुले एउटै पदक जितेको छैन। नेपालले तेक्वान्दोका १४ र उसुका १० खेलाडीलाई एसियाडमा उतारेको थियो। १ सय ८५ खेलाडीको जम्बो टोली एसियाडमा उतारेको नेपालको आस अब जुडो, बक्सिङ र कुराँस खेलमा मात्र बाँकी छ।
दक्षिण एसियाली राष्ट्र भारत र अफगानिस्तानले पदकको खाता खोलिसकेका छन्। अफगानले उसुबाट एक कांस्य जित्दा भारतले सुटिङ, कुस्ती, सेपाकटाक्रो, टेनिस र उसुबाट पदक भित्र्याएको छ। ४ स्वर्णसहित १६ पदक जितेको भारतले सुटिङबाट सबैभन्दा बढी ७ पदक जितेको छ। पदक तालिकामा चीन, जापान र दक्षिण कोरियाको प्रभुत्व हुँदा आयोजक इन्डोनेसिया ७ स्वर्ण जित्दै पाँचौं स्थानमा छ।
बिहीबार तेक्वान्दोको ६८ केजीमुनि ज्ञानेन्द्र हमालले एउटा खेल जितेका थिए। अर्को खेलमा नराम्ररी पराजित हुन पुगे। अन्तिम १६ को पहिलो खेलमा ज्ञानेन्द्र भुटानका जिग्मे वाङचुकलाई ३९–१७ अंकले हराउँदै अन्तिम १६ मा पुगेका थिए। उनले पहिलो राउन्डमै भुटानीविरुद्ध चार ह्याम्मर किक हाने र १५-११ को अग्रता बनाए।
पछिल्लो दुई राउन्डमा उनले विपक्षीलाई खासै मौका दिएनन् र खेल आफ्नो पक्षमा पारे। उनलाई क्वाटरफाइनल पुग्नका लागि भने मलेसियाका रोजाली रोजामी बाधक बने। साउथ इस्ट एसियन गेम्सका स्वर्ण तथा एसियन इन्डोर तथा मार्सल आर्टका रजत विजेता रोजालीले ज्ञानेन्द्रलाई ३०-२ को फराकिलो अंकमा हराए। आसियन च्याम्पियनसिपका वेस्ट फाइटर रोजालीले उचाइको फाइदा लिँदै तेस्रो राउन्डअगाडि नै खेल जितेका थिए।
महिला ४९ केजीमुनि तौल समूहमा अस्मिता खडका पनि इरानी प्रतिद्वन्द्वीसामु निरीह बनिन्। विश्व वरीयताको ३५ औंवरीयतामा रहेकी निहादले २८४ औं वरीयताकी खेलाडी अस्मितालाई पहिलो राउन्डमै ६ हयाम्मर किक हानेर खेललाई आफ्नो पक्षमा पारिन्। निहाद एसियन च्याम्पियनसिपमा पदक जितिसकेकी खेलाडी हुन् भने अस्मिताको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो।
प्रशिक्षक दीपक विष्टले बिहीबारको खेलबारे भने, ‘भुटानसँगको पहिलो खेलमा ज्ञानेन्द्रले जसरी खेलेका थिए, त्यसरी दोस्रो खेल खेल्न सकेनन्। पहिलोमा उनी थोरै घाइते थिए। त्यसले गर्दा पनि उनले खुलेर खेल्न सकेनन्। मलेसियाली प्रतिद्वन्द्वी अन्तर्राष्ट्रिय अनुभवी र पदकविजेता खेलाडी हुन्। उनले उचाइको एडभान्टेज लिए।’
नेपालले पदक आस गरेका तेक्वान्दो र उसु दुवैको प्रतिस्पर्धा सकिएको छ। दुवै खेल पदकविहीन बने।पौडीराष्ट्रिय कीर्तिमानधारी शिरीष गुरुङले पनि जारी एसियाडमा आफ्नो एउटै कीर्तिमान सुधार्न सकेनन्। बिहीबार पुरुष १०० फ्रिस्टाइल प्रतिस्पर्धा गरेका उनले ५७.९२ सेकेन्डमा दूरी पार गरे। जबकि उनी रियो ओलम्पिकमा आफैंले बनाएको कीर्तिमान सुधार्न असफल रहे। उनले सन् २०१६ मा रियो द जेनेरियोको पोखरीमा ५७.७६ सेकेन्डको कीर्तिमान बनाएका थिए।
आफ्नो हिटमा पुछारमा रहेका शिरीष समग्रमा ४७ खेलाडीमध्ये ४० औं स्थानमा थिए। शिरीषले दुई दिनअघि २० मिटर फ्रिस्टाइलमा पनि गतिलो प्रदर्शन गर्न सकेनन्। इन्चोन एसियाडमा समेत सहभागिता जनाएका शिरीषको यहाँ इभेन्ट सकिएको छ।
News Desk 0 response शुक्रबार, भदौ ८, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
