-
काठमाडौँ भदौ ८-गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनाका घाइते अर्जुन भण्डाराको स्वास्थ्य अवस्था बुझेका छन्।उनलाई राखिएको महाराजगञ्जस्थित शिक्षण अस्पतालमै पुगेर गृहमन्त्री थापाले भण्डाराको अवस्था बुझेका हुन्।
News Desk 0 response शुक्रबार, भदौ ८, २०७५पिड्युँलामा लागेको गोली निकाल्न अपरेशनका क्रममा उनलाई बेहोस बनाइएका कारण बेहोसी अवस्थामा रहेका भण्डारालाई गृहमन्त्री थापाले भेटेका थिए।
गृहमन्त्री थापाको साथमा कञ्चनपुरका सांसदद्वय दीपकप्रकाश भट्ट, नरबहादुर धामी र नेकपाका कार्यकर्ता पनि थिए।
नेकपा प्रदेश–७ का नेता ओमबिक्रम भाटका अनुसार, गृहमन्त्री थापाले घाइते भण्डाराका दाजु योगेन्द्र भण्डारासँग कुराकानी गरेका थिए।
दाजु भण्डाराले आन्दोलनका क्रममा भाईलाई गोली लागेकाले उनको उपचारको व्यवस्था राज्यको तर्फबाट गरिदिन गृहमन्त्री थापासँग आग्रह गरेका थिए।
गृहमन्त्री थापाले नेपाल सरकार र प्रदेश–७ सरकारको तर्फबाट अर्जुनको सम्पूर्ण उपचारको व्यवस्था गरिने आश्वासन दिएका थिए।
किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाबारे छानविन माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीले बिहीबार चलाएको गोली लागी भण्डारा घाइते भएका थिए।
उनको स्थिति चिन्ताजनक भएकाले हिजै हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो।
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
