-
काठमाडौं,६ भदौ-सरकारले भूमिहीन दलितलाई जमिन उपलब्ध गराउने भएको छ । संविधानले गरेको व्यवस्था अनुरुप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी ऐन-२०२१ संशोधनका लागि विधेयक संसदमा पेश गरेको छ ।
यो ऐन संशोधन भएपछि जग्गा जमिन नभएका भूमिहीन दलितहरुले सरकारबाट जग्गा प्राप्त गर्नेछन् ।
संविधानको धारा ४०को उपधारा ५ मा राज्यले भूमिहीन दलितलाई कानुन बमोजिम एकपटक जमीन उपलब्ध गराउनुपर्नेछ भन्ने व्यवस्था छ । त्यसलाई कार्यान्वयनमा लैजान ऐनको सातौं संशोधन प्रस्ताव संसदमा पेश गरिएको भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् ।
संशोधन प्रस्तावअुसार एक-पटक मात्रै भूमिहनीन दलितले राज्यबाट जमिन पाउनेछन् । ऐनले कति जमिन, कस्तो ठाउँमा उपलब्ध गराउने भन्ने किटान गरेको छैन ।
यसका लागि छुट्टै आयोग, समिति वा कार्यदल निर्माण गरेर तय गर्ने योजना सरकारको छ । सरकारले उपलब्ध गराउने यस्तो जमिन अंशबण्डा र नामसारीबाहेक अन्य कसैलाई बेच्न वा हक हस्तान्तरण गर्न पाइने छैन ।
एकपटक जमिन लिइसेपछि पुनः सरकारबाट दलित परिवारले यस्तो सुविधा प्राप्त गर्ने छैनन् ।
News Desk 0 response बुधबार, भदौ ६, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
