• काठमाडौं,६ भदौ-कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको वास्तविक हत्यारालाई जोगाउन खोजिएको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। निर्मलाको हत्या गर्नेलाई जोगाएर निर्दोषलाई पक्राउ गरेको भन्दै स्थानीय मंगलवारदेखि आन्दोलन गरिहेका छन्।

    बिहानैदेखि महेन्द्रनगर बजार बन्द गराएर स्थानीय तथा व्यवसायीहरुले प्रदर्शन गरिरहेका छन्।
    यसअघि मंगलबार पनि प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो ।