-
ललितपुर, ६ भदौ- पाटन दरबार क्षेत्रमा रहेको कोत भवनको पुनःनिर्माण अघि बढ्न सकेको छैन ।
भूकम्प गएको तीन वर्ष बित्दासमेत भवनको पुनःनिर्माण अघि नबढेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए। पहिले भारतीय दूतावासले यसको पुनःनिर्माणमा चासो देखाएको थियो । भारतीय दूतावासले विभिन्न स्मारकसँगै कोतपाटी निर्माणको नेपाल सरकारसँग सम्झौता गरेको थियो । उनले भने, “दूतावासले अहिलेसम्म निर्माणको काम थालेको छैन ।” दूतावासले गर्ने भनेकाले अरु निकायले पनि कोतपाटीको पुनःनिर्माणमा चासो देखाएका छैनन् ।
भूकम्प गएको तीन वर्ष भन्दा बढी समय बित्दासमेत कोतपाटी पुनःनिर्माणको काम अघि नबढ्दा स्थानीय आक्रोषित बन्न थालेको प्रमुख प्याकुरेल बताउछन। उनि भन्छन, “सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने जागरुकता स्थानीय बासिन्दामा आएपछि महानगरपालिकालाई पुनःनिर्माणको जिम्मा लिन आग्रह गरेका छन् ।” ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर उद्योग वाणिज्य सङ्घलाई पुनःनिर्माणका लागि सहकार्य गर्न छलफल थालेका छन।
पाटन दरबार क्षेत्रमा आउने पर्यटकसँग शुल्क लिँदै आए पनि ललितपुर महानगरपालिकाले यहाँको कुनै पनि स्मारकको पुनःनिर्माणमा भने चासो देखाएको छैन । पाटन दरबार क्षेत्रमा रहेका धेरै स्मारकको पुनःनिर्माण अघि बढे पनि केही स्मारक कसले बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन ।
News Desk 0 response बुधबार, भदौ ६, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
