• काठमाडौं,६ भदौ-नेपालमै पहिलो पटक सुरु भएको कलंकीको अण्डरपास सञ्चालन भएको एक साता नबित्दै बन्द भएको छ। निर्माण सम्पन्न हुन बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले अण्डरपास बन्द गराएको हो।

    आज (बुधबार) बिहानदेखि अण्डरपास बन्द भएको ट्राफिक प्रहरी कार्यालय कलंकीले जानकारी दिएको छ। केही दिन परीक्षणका लागि सुरु गरिएको र निर्माण सम्पन्न गर्न केहीदिन बन्द गर्नुपर्ने जानकारी आएपछि बन्द गराएको ट्राफिक प्रहरी कार्यालय कलंकीले बताएको छ।

    आयोजनाले एक सातापछि पुनः अण्डरपास सञ्चालन गर्ने जानकारी गराएको छ। अण्डरपास बन्द भएसँगै ट्राफिक जामको समस्या पुनः बल्झिएको छ।

    चीन सरकारको सहयोगमा चक्रपथ सुधार परियोजना अन्र्तगत निर्मित कलंकी अण्डरपास यही भदौ एक गतेदेखि सुरु भएको थियो। साउन १ गतेदेखि नै सरु गर्ने गरी निर्माण भएको अण्डरपास अन्ततः भदौ १ गते बिहीबारदेखि सञ्चालनम आएको थियो।