• काठमाडौं,,६ भदौ-दार्चुलाको मार्मा गाउँपालिका–१ घोल्जरका ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको हत्या भएको छ। मार्माको स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगी ठगुन्नाको घरमै हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

    उनको मंगलबार हत्या भएको हो। ठगुन्नाको साथमा रहेको १० लाख समेत हत्याराले लुटेर लगेका छन्। पैसाकै कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।