• काठमाडौं,६ भदौ-निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै दोस्रो दिन पनि महेन्द्रनगरमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ।

    महेन्द्रनगरका उद्योगी व्यवसायी र सर्बसाधारण बिहानैदेखी बजार व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनका कारण व्यवसाय पूर्ण रूपमा बन्द भएको छ।

    प्रहरी प्रशासनविरुद्ध बिहानैदेखि नाराबाजी सुरु भएको छ ।प्रदर्शनकारीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा माग गरेका छन्। घटनाको सत्यतथ्य सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने आन्दोलनरत प्रदर्शनकारीले बताएका छन्।

    घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठिक नभएको युवकलाई अपराधी बनाएर प्रहरीले सार्वजनिक गरेको बिरोधमा महेन्द्रनगरमा आन्दोलनले नयाँ मोड लिएको हो।

    प्रहरीले बालिकाको हत्या भएको २६ औं दिनमा भिमदत नगरपालिका १९ बागफाँटाका ४१ वर्षी दीलीप सिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।